कास्की–२ (क) मा एमालेका कार्की विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२ (क) मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।

पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार ५ सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले ५ हजार ८९३ मत ल्याए ।

नेकपा (माओवादी केन्द्र) का विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले २ हजार ५९२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी ,मङ्गोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले चार सय ९३, स्वतन्त्र उम्मेदवारहरू दीपकप्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याएका छन् ।

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।  





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ६:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया