कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही नेकपा एमालेका उम्मेदवारभन्दा १ सय ३२ मतले पछाडि नै छन् ।
प्रतिनिसभाका लागि कालीकोट–१ तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका शाहीले हालसम्म ३ हजार २ सय २४ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार नगिन्द्र शाही ३ हजार ३ सय ५६ मतका साथ अग्र स्थानमा छन् ।
त्यस्तै, प्रदेश सभा–१ (क) तर्फ एमालेका उम्मेदवार कुर्मराज शाही ३ हजार ३ सय ६५ मतका साथ शीर्ष स्थानमा छन् । माओवादी केन्द्रका उम्मेदवार दुर्गबहादुर रावतले ३ हजार १ सय ९ मत ल्याएका छन् ।
आइतबार सम्पन्न मतदानमा कालीकोटमा प्रतिनिधिसभातर्फ ४६ हजार ६ सय ६९ मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।