\
दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी विजयी भएका छन् । एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै उनी लगातार दोस्रोपटक निर्वाचित भएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका धामीले २६ हजार २७२ मतमध्ये १३ हजार १७१ मत प्राप्त गरे ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गरे । धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।