सुर्खेत–१ मा कांग्रेसका खड्काको अग्रता, पछ्याउँदै एमालेका शर्मा

सुर्खेतको प्रतिनिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्काले सुरुवाती अग्रता लिएका छन् ।

मंगलबार राति देखि सुरु भएको मतगणनामा हालसम्म ५ हजार १ सय ११ मतगणना भएको छ । कांग्रेस उपसभापतिरहेका खड्का २ हजार ७ सय ८४ मतका साथ अग्र स्थानमा छन् ।

त्यस्तै, उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रवकुमार शाहीले २ हजार ९९ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका छत्रपति थापा क्षेत्रीले २८, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले २५ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ९:५८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया