logo-img

बझाङमा महरसँग मतान्तर घटाउँदै जोशी

बुधबार बिहानसम्म नेकपा एमालेका उम्मेदवारले आफ्नो अग्रतालाई कायमै राखेका छन् । हिजो मंगलबार ४ बजेबाट सुरु भएको प्रतिनिधि सभा तर्फको मतगणनामा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । नेकपा एमालेका उम्मेदवार ऐन महर ४ सय ८२ मतान्तरसहित अग्रस्थानमा रहेका छन् ।

बुधबार बिहान १० बजेसम्म ३४ हजार दुई सय ४० मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार महरले १५ हजार ५ सय १५ मत पाउँदा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीमा भानुभक्त जोशीले १५ हजार ३३ मतसहित दोस्रो स्थानमा रहेका छन् । महर र जोशीबीचको मतान्तर ५ सय १८ रहेको छ । जिल्लामा प्रतिनिधिसभा तर्फ कुल ६३ हजार २ सय ५३ मत खसेको थियो । 

यस्तै प्रदेशसभा 'क' मा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहले ११ हजार एक सय २९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडाले ९ हजार ४ सय ७८ मतसहित नेपाली काँग्रेसका सिंहलाई पछ्याइरहेका छन् । उनीहरूबीच १ हजार ६ सय ५१ मतको मतान्तर रहेको ।

त्यसै गरी प्रदेशसभा 'ख' मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भीम भण्डारीले ६ हजार सात सय ६८ मत प्राप्त गर्दा नेकपा एमालेका लालबहादुर रावल (एलवी) ले ५ हजार ९ सय २८ मतसहित भण्डारीलाई पछ्याउँदै छन् । उनीहरूबीच ८ सय ६० मतको मतान्तर रहेको छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया