टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३० माइल) पूर्वमा रहेको डुज्से सहर नजिकैको पश्चिमी टर्कीको क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको धक्का इस्तानबुल र राजधानी अंकारामा महसुस गरिएको थियो । भूकम्पमा कम्तीमा ३५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । भूकम्पको गहिराइ २ देखि १० किलोमिटर रहेको अनुमान गरिएको छ । पहिलो भूकम्प गएको २० मिनेटपछि दोस्रो भूकम्प गएको थियो । 

भूकम्पले घर भत्किएपछि कतिपय मानिसहरू झ्यालबाट हाम फालेर सडकमा पुगेका थिए । टर्कीको प्रकोप एजेन्सीले ३२ जना डुज्सेमा, एक जना इस्तानबुलमा, एक जना ब्ल्याक सीको तटमा रहेको जोङ्गुलडाकमा र एक जना दक्षिणपूर्वमा बोलुमा घाइते भएको जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १३:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया