कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्विप’

कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेशसभा सदस्यमा विजयी भएको छ । सो पार्टीबाट प्रदेश सभा सदस्यका लागि (क) मा घनश्याम चौधरी र (ख) मा खुशीराम डंगौरा थारू विजयी भएका छन् ।

सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी यसअघि नै निर्वाचित भएका थिए । प्रदेश (क) मा चौधरीले गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका खेमराज डंगौरालाई पराजित गरेका हुन् ।

विजयी भएका चौधरीले १३ हजार ९२३ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका डंगौराले ११ हजार ५७२ मत प्राप्त गरे । चौधरी २ हजार ३५१ मतान्तरले विजयी भए । 

(ख) मा विजयी भएका थारूले सात हजार ५३९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर साउँदले ६ हजार ६१९ मत प्राप्त गरे । ९२० मतान्तरले थारू विजयी भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १३:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया