असल राजनीतिको बाधक पैसा र सत्ता : डा.भट्टराई

नुवाकोट– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले पैसा र सत्ताको दुष्चक्रलाई नतोडेसम्म राजनीति असल नहुने बताएका छन् । जनसंवाद यात्राको १२औं दिन नुवाकोटमा आयोजित अन्तक्रिया कार्यक्रममा डा. भट्टराईले सो कुरा बताएका हुन् ।  

उनले भने, ‘केही मुठ्ठिभर कमिशनखोरहरू छन् । उनीहरूको कुनै पार्टी हुँदैन । जो सत्तामा आउँछ त्यसैको पछि लाग्छन् ।  ‘कांग्रेस आए हाम्रा बाजे पनि कांग्रेसमा लाग्नुभएको थियो भन्छ्न् ।  कम्युनिष्ट आए मेरो त सबै कम्युनिष्ट हो भन्छन् । त्यही वर्गले नै भष्टाचार गर्छ र कमिशनबाट कमाएको अलिकति नेतालाई बुझाउँछ । र, साथीहरू त्यसैबाट चुनाव जित्नुहुन्छ र सत्तामा जानुहुन्छु’ डा.भट्टराईले थपे,‘जबसम्म यो दुष्चक्र तोडिदैन तबसम्म राजनीति शुद्ध हुँदैन । यी मानिसलाई समातेर ठिगुँरामा राख्ने हो  र नेताहरूले हामी कसैको घुस खाँदैनौ, खुला र पारदर्शी हाम्रो जीवन छ भनेर सामान्य ढंगले हिड्न थाल्ने हो भने सुध्रिन्छ ।’ 

 देश विकास गर्नका लागि हिजोको विचार र क्षमताले नपुग्ने देखेर नै आफूहरूले नयाँको बिउ रोपेको संयोजक भट्टराईले बताए । उनले भने, ‘हामीले नयाँ बिउ रोपेका छौं र नेपाललाई समर्द्ध र विससित बनाउनका लागि नयाँ अभियान सञ्चालन गरेका छौं ।’
 
त्यस्तै देश बनाउन गोलीका छर्रामुनि हिंडेका मानिसहरू नै सत्तामा पुगेपछि समेत भ्रष्टाचार  बढ्नु चिन्ताको विषय भएको उनले बताए ।  ‘मुलुक रूपान्तरण गर्न ज्यानको बाजी राख्नेलाई कसरी खराब भन्ने ? सबैभन्दा बढी ज्यान जोखिममा हाल्ने माओवादी सत्तामा आएपछि पनि किन भ्रष्टाचार बढ्यो, उनले भने, ‘गोलीका छर्रामुनि हिंडेका मानिस नै सत्तामा पुगेपछि भ्रष्टाचार बढ्नु राम्रो कुरा होइन ।’

राजनीतिमा विकृति आउनुका कारणहरु पहिचान गर्न डा. भट्टराईले आग्रह गरे । ‘हामीले व्यक्तिभन्दा पनि प्रवृत्तिलाई बुझ्नुपर्छु, उनले भने, ‘मान्छे मुलुत निस्वार्थी र सामाजिक प्राणी हो तर विकासक्रमसँगै स्वार्थी लोभीपापी समेत हुन पुगेको छ ।’ आर्थिक, सामाजिक र राजनीतिक प्रणालीले नै मानिसले कस्तो व्यवहार गर्छ भन्ने कुरा निर्धारण गर्ने उनको तर्क थियो । 

नेता भनेका जनताका सेवक हुन्’ भन्ने  सेवाभावबाट राजनीति निर्देशित भएमात्रै राजनीति सफा हुने डा. भट्टराईले बताए । 
उनले भने, ‘नेता भनेका जनताका सेवक हुन्, त्यसैले सामाजिक प्रवृत्तिलाई बढावा दिने र लोभीपापी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छु, उनले थपे,‘लोकतन्त्रमा हिजोका राजा महाराजाले जसरी शासकको रुपमा प्रस्तुत हुनुहुन्न । हरेक नेता–कार्यकर्ताले आफूलाई सेवकको रूपमा प्रस्तुत गर्नुपर्छ ।’  


 





  • प्रकाशित मिति : माघ २७, २०७५ आइतबार १३:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया