\
फ्रेन्च डिफेन्डर लुकास हर्नान्डेजले कतारमा जारी फिफा विश्वकपका बाँकी खेल गुमाउने भएका छन। दाहिने घुँडामा लागेको चोटका कारण २६ वर्षीय लेफ्ट ब्याकले विश्वकप गुमाउने पक्का भएको फ्रेन्च फुटबल संघले जनाएको छ ।
समूह ‘डी’ अन्तर्गत गए राति सम्पन्न अस्ट्रेलियाविरुद्ध ४–१ को सहज जित निकालेको खेलामा घाइते भएका उनी १३ औं मिनेटमै मैदानबाट बाहिरिएका थिए । उनलाई भाइ थियो हर्नान्डेजले प्रतिस्थापन गरे ।
चोटका कारण विश्वकप गुमाउने उनी फ्रान्च टोलीमा रहेर पनि विश्कव गुमाउँने चौथो खेलाडी हुन् । यसअघि चोटका कारण टोलीमा रहेका फरवार्ड करिम बेन्जेमा,क्रिस्टोफर एनकुकु र डिफेन्डर प्रेसनल किम्बेम्पे बाहिरिएका थिए ।
त्यस्तै चोटकै कारण पाउल पोग्बा र एनगोलो कान्टेले भने टोलीमा पनि स्थान बनाउन सकेका थिएनन् । हर्नान्जेडको यो चोटले विश्वप उपाधि रक्षा अभियानमा रहेका फ्रान्सलाई धक्का लागेको छ । फ्रान्सले आफ्नो दोस्रो खेलमा शनिबार डेनमार्कको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।