मकवानपुर १ मा कमल थापा दोस्रोमै सीमित, गठबन्धनको अग्रता कायमै
फाइल तस्बिर

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनको अग्रता कायमै रहेको छ । नेकपा एमालेको सूर्य चिन्हबाट निर्वाचनमा होमिएका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा भारी मतान्तरको साथमा डीनालाई पछ्याइरहेका छन् ।

हालसम्म गणना भएको ३८ हजार ५ सय ५ मतमा अग्रतामा रहेकी डीनाले १४ हजार २ सय ९ मत प्राप्त गरेकी छन् । सुरुवाती मतगणना देखि नै दोस्रोमा रहेका थापा २ हजार ९ सय ६५ मतान्तरले पछ्याइरहेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार थापाले ११ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ८ हजार ५ सय मत प्राप्त गर्दै तेस्रो स्थानमा रहिरहेका छन् । 
यस क्षेत्रमा खसेको कुल ९१ हजार ४ सय ८६ मत खसेकोमा हालसम्म ३८ हजार ५ सय ५ मत गणना भएको छ । अब ५२ हजार ९ सय ८१ मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १४:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया