मकवानपुरमा सुमो दुर्घटना, एकजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन बाँकी छ । इन्द्रसरोवर गाउँपालिकाको सल्लेमा सुमो दुर्घटना भएको हो । काठमाडौंबाट हेटौँडा आउँदै गरेको ९ जना सवार सुमो भिरबाट तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 
दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । अहिले प्रहरी उद्धारका लागि घटनास्थल खटिएको छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १५:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया