बर्दिया-२ मा लालवीर चाैधरी झिनाे मतान्तरले विजयी भएका छन् । चौधरी टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशम चौधरीका बाबु हुन्।
यो क्षेत्रमा सुरूमा रेशम चौधरी आफैँले उम्मेदवारी दिएका थिए। पछि आफ्नाे उम्मेदवारी खारेज हुन सक्ने सम्भावना देखेर उनले बुवालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए।
स्वतन्त्र उम्मेदवार चौधरी २६ हजार ५२० मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३८४ मत पाएका छन्।
यस्तै एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत ल्याएका छन् भने राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।