बागमती प्रदेशले यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उसले बुधबार भएको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ७४ रनले हराउँदै विजयी सुरूवात गरेकाे हाे ।
२९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा सबै विकेट गुमाएर २१९ रन मात्र बनाउन सक्यो ।
गण्डकीका लागि अर्जुन कुमालले ९८ रनको उत्कृष्ट पारी खेले पनि टाेलीलाई जित दिलाउन भने सकेनन् । उनले ११९ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।
सिब्रिन श्रेष्ठले २१,कप्तान सुवास भण्डारी,गोविन्द विक र करन पंगेनीले समान १३ रन बनाए ।
बागमतीका लागि अशोक पौडेलले ३, ओमकार यादव,प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले २/२ तथा अभिशेख कोइराला १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे बागमतीले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २९३ रन बनाएको थियो ।
बागमतीका लागि उत्तम मगर र याेगेश भाटले उत्कृष्ट पारी खेले । ८७ रन बनाएका उत्तमले ७० बलमा १० चौका र ३ छक्का प्रहार गरे । योगेशले ४२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए ।
ओमकार यादवले ३७, अभिशेख कोईरालाले ३२,अर्थव पौडेलले २१ तथा सक्षम बस्ताकोटीले १८ रनको योगदान दिए ।
गण्डकीका लागि निर्तिस गिरी र सुदिप अर्यालले ३/३ विकेट लिएका थिए । सिब्रिन श्रेष्ठ,अर्जुन कुमाल र सुवास भण्डारीले १/१ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयाे ।
याे जितसँगै बागमतीले २ अंक जोड्दा गण्डकीले हारबाट प्रतियाेगिताकाे सुरूवात छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।