झाँक्रीकाे हारसँगै एकीकृत समाजवादी गुल्मीका अध्यक्ष महतले दिए राजीनामा

नेकपा (एकीकृत समाजवादी) गुल्मीका अध्यक्ष श्रीराम महतले केन्द्रीय सचिव रामकुमारी झाँकीलाई प्रतिनिधिसभा सदस्य पदमा जिताउन नसकेको भन्दै बुधबार पदबाट राजीनामा दिएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, 'गुल्मी क्षेत्र नम्बर–२ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी जिल्ला अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँदछु ।'

झाँक्री गुल्मी–२ मा नेकपा (एमाले)का सचिव गोकर्ण विष्टसँग पराजित भएकी हुन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १७:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया