राष्ट्रिय दल बन्न थ्रेसहोल्ड नपुर्याउन सक्छ नेकपा एकीकृत समाजवादीले

नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा भएको निर्वाचनमा निकै कमजोर प्रदर्शन गरेको छ । 

कतिसम्म भने योभन्दा पछाडि गठन गरेको रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी मात्र होइन, सुदूरपश्चिममा मात्र केन्द्रित नागरिक उन्मुक्ति पार्टीको भन्दा पनि नेकपा एकीकृत समाजवादीको समानुपातिक मत संख्या अहिलेसम्म कम छ ।

समानुपातिकमा सबैभन्दा धेरै मत पछिल्लो समय अनुसार प्रतिनिधि सभाका लागि एमालेले ल्याएको छ । दोस्रोमा नेपाली कांग्रेस छ । एमालेले २ लाख ४१ हजार मत ल्याउँदा नेपाली कांग्रेसले २ लाख १९ हजार मत समानुपातिकमा ल्याएको छ । 

तेस्रोमा छ, राष्ट्रिय स्वतन्त्र पार्टी । उसले १ लाख १२ हजार मत ल्याइसकेको छ । त्यसपछि माओवादी केन्द्रले पनि एक लाख मत कटाइसकेको छ ।

नेकपा एकीकृत समाजवादीको भने अहिलेसम्म जम्मा १३ हजार ३ सय ३ मत समानुपातिकमा आएको छ । योभन्दा धेरै राप्रपाको ५७ हजार ७ सय ६४, नागरिक उन्मुक्ति पार्टीको ११ हजार ३ सय २१ मत समानुपातिकका लागि आइसकेको छ ।

यसपटक बदर भएका मत घटाएर सदर मतकाे तीन प्रतिशत मत झन्डै तीन लाख २५ हजार हुने भएकाले एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न धाैधाै पर्ने प्रारम्भिक आँकडाले देखाएकाे हाे ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १८:२३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया