एमाले अध्यक्ष ओली भारी मतान्तरले निर्वाचित

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले विजयी भएका छन् । झापा क्षेत्र नं ५ बाट अध्यक्ष ओलीले ५२ हजार ३१९ मतसहित विजयी भएका हुन् । 

उनका प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए । ओली साढे २८ हजार मतान्तरले विजयी भएका हुन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ४४८ मत पाए ।

ओली निर्वाचित भएसँगै अहिलेसम्म निर्वाचित भएका नेकपा एमालेका सा‌सदकाे संख्या ६ पुगेकाे छ । अहिले मतगणना भइरहेका ३८ ठाउँमा नेकपा एमालेले अग्रता लिएकाे छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १८:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया