एमालेका महेश बस्नेतलाई हराएर दुर्लभ थापा बने सांसद

नेकपा एमालेले आफ्नो लागि सुरक्षित ठानेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा पराजय भोगेको छ । 

त्यहाँबाट नेपाली कांग्रेसका दुर्लभ थापाले महेश बस्नेतलाई पराजित गरेका छन् । दुर्लभ थापाले यो क्षेत्रबाट २२ हजार ६ सय ९४ मत ल्याएका छन् ।

नेकपा एमालेका महेश बस्नेतले २२००६ मत ल्याएका छन् ।

६८४ मतको अन्तरले थापाले बस्नेतलाई पछाडि पारेका हुन् । 

नेकपा एमालेका महेश बस्नेत विवादास्पद बयानहरुका कारण बारम्बार आलोचित हुने गरेका छन् । केही समयअघि उनले काठमाडौं महानगरपालिका बालेन शाहले अवैद्य रुपमा बनेका संरचना भत्काउन सुरु गरेपछि त्यसको विरोध गरेका थिए ।

यसअघि उनी यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिने बस्नेतलाई ओलीले नै नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको क्याबिनेटमा उद्योग मन्त्री बनाएका थिए । 



यसअघि संसदमा हुँदा उनले नेकपा एमालेका अर्का नेता सर्वेन्द्र खनालसँग मिलेर तत्कालीन जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपसमेत लागेको थियो ।




  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २०:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया