म्याग्दीबाट कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित

म्याग्दीमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन्। प्रतिनिधि सभा सदस्यमा विजयी गर्बुजा कांग्रेस म्याग्दीका सभापतिसमेत हुन्।

गर्बुजाले नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ को मतान्तरले पराजित गरेका हुन्। 

गर्बुजाले २४ हजार २१ मत पाउँदा एमालेका श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरे। 

०७० र ०७४ मा एमालेका उम्मेदवारसँग पराजित भएका गर्बुजा तेस्रो प्रयासमा सांसद बनेका छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २२:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया