कति मतले हारे महेश बस्नेत ?

भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बस्नेत पराजित भएका छन् । 

उनलाई नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले हराएका हुन् । 

त्यहाँ दुर्लभ थापाले २३ हजार ५ सय मत पाउँदा बस्नेतले २२ हजार ६७७ मत पाए । यो फरक भनेको ८ सय २३ मतको हो । 

भक्तपुरमा नेमकिपाकी अनुराधा थापाले ६ हजार ९५४ मत पाइन् । रास्वपाका साजन विकले ३८२० मत ल्याए ।

बारम्बार विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आउने महेश बस्नेतले निर्वाचनअघि आफूले तेब्बर मत ल्याएर जित्ने दाबी गरेका थिए ।






  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ६:२४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया