बर्दिया क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी भएका छन् ।
उनी १७ हजार २ सय ५१ मत ल्याएर विजयी भएका हुन् । तिमिल्सिना निकटतम् प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रदेशी चौधरीले १२ हजार १ सय ८४ मत प्राप्त गरे ।
कांग्रेसका तिमिल्सिनाले ५ हजार ६७ मतको अन्तरले विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । सो निर्वाचन क्षेत्रमा ४८ हजार छ सय ५९ मत खसेको थियो । जसमध्ये २ हजार ६ सय २२ मत बदर भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।