नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले यसपटक प्रदेशमा चुनाव लडेका छन् । कास्की क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट उनले उम्मेदवारी दिएका हुन् ।
त्यहाँ उनले अहिले झन्डै २ हजारको मतान्तरसहित अग्रता कायम गरेका छन् ।
जारी मतगणनामा अधिकारीले ४७७७ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी दिपक कोइरालाले २८९२ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।