विश्वकप फुटबलमा आज पनि चार खेल
फरकधार / ८ मंसिर, २०७९

कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदै छन् । आज समूह ‘जी’ र ‘एच’ का समान दुई खेल हुन लागेका हुन् ।



आज हुने पहिलो खेलमा स्विट्जरल्यान्ड र क्यामरुन प्रतिस्पर्धा गर्नेछन् । यी दुईबीचको खेल नेपाली सययअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

समूह ‘जी’ मा रहेका  स्विट्जरल्याण्ड र क्यामरुन अल जनुब स्टेडियममा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।  



समूह ‘जी’ अन्तर्गतकै अर्को खेलमा उपाधि दाबेदार ब्राजिलले सर्बियाको सामना गर्नेछ । दुवै टाेली राति १२:४५ बजे लुसेल स्टेडियममा सुरू हुने खेलमा जित हात पार्दै विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।



साँझ ६ः४५ मा समूह ‘एच’अन्तर्गत हुने खेलमा उरूग्वेले दक्षिण काेरियाकाे सामना गर्द‌ैछ । एजुकेसन सिटी स्टेडियममा दुवै टाेली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । 

राति ९:४५ बजे हुने समूह ‘एच’ कै अर्को खेलमा पाेर्चुगल र घाना आमनेसामने हुँदैछन् । दुवै टाेली स्टेडियम ९७४ मा जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ७:३१:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया