लेखराज भट्टको निर्वाचन क्षेत्रमा गठबन्धनको क्लिन स्विप

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यस क्षेत्रमा ७४ को निर्वाचनमा दुवै क्षेत्र एमाले निर्वाचित भएको थियो । 

प्रदेशसभा (क) र (ख) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका हुन् । 

प्रदेशसभा (क) मा सोडारीले १३ हजार ४८९ मतसहित प्रतिद्वन्द्वी नेकपा एमालेका भीम देउवालाई पराजित गरे । देउवाले ९ हजार ४२३ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर ४ हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार ५७४ मत खसेको थियो ।

प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका बम एमालेकै हरिसिंह साउँदलाई ५१६ मतलले पछि पार्दै विजयी भए । बमले १२ हजार ४७३ र साउँदले ११ हजार ९५८ मत पाए ।

यो क्षेत्रमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर विजयी भइसकेका छन् । एमाले सचिव लेखराज भट्टलाई पराजित गर्दै उनी विजयी भएका हुन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ८:५१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया