लमजुङ प्रदेश (क) मा कांग्रेसका गुरुङ विजयी

लमजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश (क) मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ विजयी भएका छन् ।

गएराति सम्पन्न मत गणनाअनुसार १ हजार १ सय ६१ मतान्तरले एमालेका जमिन्द्रमान घलेलाई पछि पार्दै गुरुङ विजयी भएका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार गुरुङले १८ हजार ५ सय ४ मत प्राप्त गरे । त्यस्तै, गुरुङका निकटतम् प्रतिद्वन्द्वी एमालेका घलेले १७ हजार ३ सय ४३ मत पाए ।

यस क्षेत्रमा कूल ३७ हजार ४ सय ३६ मत खसेको थियो ।  





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ९:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया