मकवानपुर–१ मा मतान्तर घटाउँदै राप्रपाका सिंह, रोचक बन्दै प्रतिस्पर्धा

मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले मतान्तर घटाएका छन् । बुधबार बेलुकासम्म भएको मतगणनामा पछि रहेका उनी आज बिहान भने कडा प्रतिस्पर्धामा उत्रिएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले दिएको पछिल्लो मतगणना अनुसार सुरुवाती अवस्थादेखि नै अग्रमा रहेकी महालक्ष्मी उपाध्याय (डिना) ले २२ हजार ५ सय ७३ मत ल्याएकी छन् । 

दोस्रोमा नेकपा एमालेका उम्मेदवार कमल थापाले डीनालाई पछ्याइरहेका छन् । उनले हालसम्म २१ हजार ४ सय ७२ मत ल्याएका छन् । डीना र थापाको १ हजार १ सय १ को मतान्तर छ । 

त्यस्तै, दोस्रोमा रहेका थापा र तेस्रोमा रहँदै तीव्र गतिमा पछ्याइरहेका सिंहको ३ सय ५ को मात्रै मतान्तर छ । हालसम्म उनले २१ हजार १ सय ६१ मत प्राप्त गरेका छन् । अब हेटौंडाको ४ वटा वडाहरुको गणना हुन बाँकी रहँदा लगभग १२ हजार मतगणना हुन बाँकी छ । 

गत स्थानीय तहमा हेटौंडाको मेयर पदमा लगभग २० हजार मत ल्याएका उनलाई अहिले हेटौंडाकै मतले मतान्तर पुर्न सहयोग गरिरहेको छ । मतगणना जारी छ । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १०:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया