सिराहा–४ (क) मा पूर्वमन्त्रीलाई हराउँदै जनमत पार्टीका साह विजयी

सिराहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा (क) बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का महेन्द्र पासवानलाई पराजित गरेका हुन् ।

निर्वाचन क्षेत्र नं ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार साहले ८ हजार २ सय २९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी पासवानले ७ हजार ८३ मत प्राप्त गरे ।

यस्तै, नेकपा (एमाले) का प्रकाश महासेठ ६ हजार ८ सय ७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ११:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया