मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले अग्रता लिएका छन् । अग्र स्थानमा आएका छन् । यस क्षेत्रमा झरेको ९१ हजार ४ सय ८६ मत खसेको थियो ।
७९ हजार ७ सय ५५ मतगणना हुँदा सिंहले २३ हजार ३ सय ५८ मत ल्याउँदै अग्रता लिएका हुन् । नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना दोस्रो स्थानमा खस्केकी छन् ।
सुरुवातदेखि अग्रता लिए पनि उनी केही बेरअघि भने दोस्रो स्थानमा खस्केकी छन् । उनले २३ हजार ३ सय ४० मत प्राप्त गरेकी छन् ।
तेस्रोमा रहेका नेकपा एमालेको सूर्य चिन्हबाट निर्वाचनमा होमिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ हजार ६ सय ५८ मत प्राप्त गरेका छन् ।
अब हेटौंडाको ९, १० र १२ गरी ३ वटा वडाको ११ हजार ७ सय ३१ मतगणना गर्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।