भक्तपुर–१ मा नेमकिपाका सुवाल ३०८०१ मतान्तरले निर्वाचित

भक्तपुर क्षेत्र नं १ नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा सुवाल ४२ हजार ७ सय ५९ मतका साथ विजयी भएका हुन् ।

सुवाका प्रतिस्पर्धी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९ सय ५८ मत प्राप्त गर्नुभयो । सुवालले गेलाललाई ३० हजार ८ सय १ मतान्तरले पछि पारेका हुन् ।

त्यसैगरी राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३ सय ३ र सत्ता गठबन्धनका तर्फका साझा उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का सुनिल गोठेले ५ हजार २ सय ८३ मत प्राप्त गरेका  मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताए ।

भक्तपुर–१ मा २०७४ सालको निर्वाचनमा नेमकिपाका सुवाल ३३ हजार ७६ मतका साथ विजयी भएका थिए । उनका प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ र माओवादी केन्द्रका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १३:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया