नेप्से दोहोरो अंकले वृद्धि, ९२ करोडको कारोबार

बिहीबार सेयर बजार ०.६० प्रतिशतले बढेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले वृद्धि भई १९३३.५५ मा पुगेको छ। यस्तै, सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अंकले बढेर ३८०.९२ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जमा कुल १९० कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

कारोबारको आधारमा साइन रेसुंगा बैंकको सात करोड ६२ लाखभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा एनआइसी एसिया बैंकको कारोबार भएको छ।

आजको कारोबारमा १ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा घलेम्दी हाइड्रोको सेयर भाउ ६.८३ प्रतिशत र आरएमडिसी लघुवित्त वित्तीय संस्था ६ प्रतिशतले बढेको छ । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १५:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया