कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन्।

पौडेलले निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानालाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका हुन्। पौडेलले २५ हजार ३ सय १८ मत प्राप्त गर्दा एकबहादुरले १९ हजार ९ सय ४३ मत ल्याएका छन्।

साे क्षेत्रमा पाैडलविरुद्ध कांग्रेसकै पूर्वसहमहामन्त्री गोविन्दराज जाेशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । जोशीको पक्षमा ६ हजार ८ सय ७८ मत खसेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३० र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले २ हजार ४ सय ८७ मत पाएका छन्। १ लाख २३ हजार ९० मतदाता रहेको यो क्षेत्रमा ६८ हजार १ सय ५८ मत खसेको थियो।

तनहुँ  क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिँदै मतदाता । तस्बिरः रासस





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १६:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया