कैलाली–१ बाट रेशम चाैधरीकी पत्नी रञ्जिता विजयी

रेशम चौधरी पार्टी नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन् । कैलाली–१ अध्यक्ष रञ्जिता भारी मतान्तरले विजयी भएकी हुन् ।

उनी प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीलाई १२ हजार ३ सय भन्दा बढी मतान्तरले पराजित गर्दै विजय प्राप्त भइन् । 

बिहीबार सकिएको अन्तिम परिणाम अनुसार रञ्जिताले ३० हजार ४ सय ४ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी कांग्रेसका रामजनमले १८ हजार ८१ मत पाए । त्यस्तै, एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार  सय ९१० मत प्राप्त गरे । 

गएको वर्ष पुसमा स्थापना भएको नागरिक उन्मुक्तिले अहिलेसम्म कैलालीमा कैलाली एक सहित प्रतिनिधिसभा सदस्यमा २ सिट जितिसकेको छ । कैलाली–१ को प्रदेशसभाको दुवै क्षेत्र नागरिक उन्मुक्तिले जिते सकेको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जिता २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट संघीय सांसदमा निर्वाचित रेशमलाल चौधरीकी श्रीमती हुन् । उनको नेतृत्वमा गत वर्ष पुसमा सो पार्टी स्थापना भएको थियो । रेशम अहिले जेलमा छन् । 

०७२ साल भदौ ७ गतेको टीकापुर घटनामा मुख्य योजनाकारको अभियोगमा अदालतबाट आजीवन काराबासको सजाय पाइरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १७:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया