नेप्से परिसूचक ११.५६ अंकले बढ्याे

बिहीबार नेप्से परिसूचक वृद्धि भएको छ । दुई दिन लगातार रुपमा गिरावट आएको नेप्से बिहीबार बढेकाे हाे ।

बिहीबार नेप्से परिसूचक ११.५६ अंक बढेर १९३३.५५ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक्ङ्कर सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक बढेको छ ।

आज कारोबारमा आएका २३२ कम्पनीको २५ लाख ६९ हजार कित्ता सेयर ९२ करोड ५१ लाख ७४ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढे पनि बिहीबार कारोबार रकम भने घटेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये निर्जीवन बिमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमा विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । निर्जीवन बिमा उपसमूहको परिसूचक ०.०४ प्रतिशत घटेको छ ।

बिहीबार कारोबारमा आएको घलेम्दी हाइड्रो र आरएमडिसी लघुवित्तको सेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । साइन रेसुंगा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्तको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । 

तर, यता किसान लघुवित्त वित्तीयको सेयर मूल्य भने २.८९ प्रतिशत घटेको छ । आज साइन रेसुंगा डेभलपमेन्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १७:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया