विश्वकप फुटबल: बराबरीमा राेकिए उरूग्वे र दक्षिण काेरिया

कतारमा जारी फिफा विश्वकपमा उरूग्वे र दक्षिण काेरिया बराबरीमा राेकिएका छन् । उनीहरू आज सम्पन्न समूह`एच´ अन्तर्गतकाे खेलमा गाेलरहित बराबरीमा राेकिएका हुन् ।

एजुकेशन सिटी रंगशालामा दुवै टाेलीले पाएका केही अवसरलाई सदुपयाेग गर्न  नसक्दा अंक बाँड्न बाध्य बने । ९० औं मिनेटमा फेडेरिकाे भाल्भर्डेकाे प्रहार पाेस्टमा लागेर फर्कँदा उरूग्वेले अग्रता लिन सकेन ।

३४ औं मिनेटमा ह्वाङ उइ-जोकाे प्रहार बारमा लागेर फर्किँदा दक्षिण काेरिया अग्रता लिनबाट चुक्याे । याे बराबरीसँगै दुवै टाेलीले १/१ अंक प्राप्त गरेका छन् ।
 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २१:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया