दाङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी उम्मेदवार कोमल वली पराजित भएकी छिन् ।
उनलाई नेपाली कांग्रेसका दीपक गिरीले पराजित गरेका हुन् ।
केही समयअघि सकिएको मतगणनामा वलीले २९ हजार ३२ मत ल्याइन् । दीपक गिरीले ३६ हजार ८ सय ४२ मत ल्याएर निर्वाचन जितेका छन् ।
वली नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् । उनी यसअघि राष्ट्रिय सभामा चार वर्ष सांसद भइसकेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।