अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका निवर्तमान सभापति केसीविरुद्ध प्रदर्शन

मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका केही कार्यकर्ताले निवर्तमान जिल्ला सभापति कृष्ण केसीविरुद्ध प्रदर्शन गरेका छन् । पोखरा महानगर १३ बाझापाटनमा कांग्रेसको झण्डासहित उपस्थित उनीहरूले केसीविरुद्ध नाराबाजी गरेका छन् । 

कास्कीका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट कांग्रेसले टिकट पायो । प्रदेश सभा (ख)मा पनि कांग्रेसकै उम्मेदवार थिए । 

जिल्लाका समग्र क्षेत्रमध्ये बलियो मानिएको कास्की १ र प्रदेश सभा (ख) कांग्रेस नै कमजोर सावित भयो । प्रदेश सभाका उम्मेदवार दीपक गुरुङ पराजित भइसकेका छन् । 

प्रतिनिधिसभा सदस्य उम्मेद्वार तथा जिल्ला सभापति किशोरदत्त बराल पनि पराजयको नजिक छन् । उनी एमालेका उम्मेदवार मनबहादुर गुरुङभन्दा धेरै पछि परेका छन् । 

चुनाव हार्ने निश्चित भएपछि कांग्रेस कास्कीमा अन्तर्घातको गाईंगुईं सुरु भएको छ । केसी समूहले कास्कीमा कांग्रेसका उम्मेदवार हराउन लागेको भन्दै दीपक गुरुङ निकट समूहले बाझापाटनमा प्रदर्शन गरेको हो । 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २२:२४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया