नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट पहिलोपटक प्रदेश सांसद बनेका छन् । पार्टी शान्ति प्रक्रियामा आएपछि लगातार तीनपटक कांग्रेस सभापति शेरबहादुर देउवासँग हारेका थिए ।
भट्ट २०६४, २०७० र २०७४ मा कांग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए ।
कांग्रेस र माओवादी केन्द्र सत्ता गठबन्धनमा जोडिएपछि डडेलधुराबाट प्रधानमन्त्री देउवा प्रतिनिधिसभामा र भट्ट प्रदेशसभामा उम्मेदवार बने र दुवैजना जिते ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।