मोरङ–६ मा शेखर कोइराला विजयी, लालबाबु १२२८४ मतान्तरले पराजित

मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । उनी १२ हजार २८४ सय मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।  

कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डित २२ हजार ९२९ मत प्राप्त गरे ।  

पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार ७:१३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया