बारा–३ बाट एमालेकी ज्वालाकुमारी साह बनिन् सांसद

बारा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छन् । उनी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । 

ज्वालाले २०२५१ र उनका प्रतिस्पर्धी यादवले १७२७९ मत पाए ।  यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहारले ११ हजार ९६४ मत पाएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले ३५७९ मत पाएर चौथो भएका छन् ।

जनमत पार्टीकी राधिका देवी साहले ३३३१, भङ्गेरा चिह्नमा चुनाव लडेका कलामुदीनले १८७८, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाईंले १०७५, नेपाल लोकतान्त्रिक पार्टीका महम्मद शानी ठकुराईले १०४४ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार ८:९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया