कांग्रेसका कँडेललाई हराउँदै नवलपरासी–२ मा राप्रपाका प्रधान निर्वाचित

नवलपरासी क्षेत्र नम्बर २ (बर्दघाट सुस्ता पश्चिम) बाट राप्रपाका उम्मेदवार ध्रुवबबहादुर प्रधान निर्वाचित भएका छन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राप्रपाका प्रधानले ३४ हजार ९ सय ५९ मत ल्याए ।

त्यस्तै, पराजित कँडेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार दिपेन्द्रकुमार अधिकारीले १४ हजार ४ सय ९८ मत ल्याएका छन् । 

मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीका अनुसार मतगणना सकिएको र औपचारिक घोषणा गर्न बाँकी रहेको छ । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार ९:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया