पाँचथरबाट एमालेका बसन्त नेम्वाङ ४७ मतान्तरले निर्वाचित

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले) का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित भएका छन् । गएराति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरे । 

नेम्वाङले ३२ हजार १ सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भयो । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

उनी वि.सं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए । ८ चैत २०१८ मा पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लोपटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थिए ।

प्रदेशसभा(क) गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगू विजयी भएका छन् । नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई ६ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनले १६ हजार ८ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार २ सय चार मत प्राप्त गरे ।

प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्वो विजयी भए । प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मतान्तरले पराजित गर्दै आङ्बो दोस्रोपटक विजयी भएका हुन् ।

३४ हजार ३ सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङ्बोलाई १५ हजार छ सय ७२ मत भयो । उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाए ।





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १०:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया