मोरङ–४ बाट माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित

मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी) केन्द्रका अमनलाल मोदी विजयी भएका छन् । उनी ३० हजार ६ सय १२ मतका साथ विजयी भएका हुन् ।

मोदीका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोद ढकाल २४ हजार ४ सय ६३ मत प्राप्त गरे । ​त्यसैगरी, गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (ख) बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का जीवन घिमिरे ९ हजार ६ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १०:२९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया