बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतम यसपटक पनि निर्वाचित भएका छन् । उनी नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार गौतमले ३० हजार ६११ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गरे ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारूले २३ हजार ९९३ मत ल्याए । अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई ७५३ मतान्तरले हराउँदै गौतम निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।