बाँके–१ मा खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमालेका ढकाल विजयी

बाँके क्षेत्र नम्बर १ मा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल निर्वाचित भएका छन् । उनी युवा तथा खेलकुदमन्त्री तथा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराजलाई ५ हजार ३९४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

ढकालले २५ हजार २६ र गहतराजले १९ हजार ६३२ मत ल्याए । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ र राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १०:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया