महोत्तरी–२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरत सिंह भण्डारी निर्वाचित भएका छन् ।
उनी तराई मधेस लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
भण्डारीले २५ हजार १९० मत पाउँदा सिंहले ११ हजार १२० मत ल्याए ।
त्यस्तै, नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत ल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।