समाजवादी नेताका पुँजीवादी सन्तान

भेनेजुएलाको अर्थतन्त्र अहिले निकै नाजुक छ । समाजवादी नेता ह्युगो साभेजको शासन रहेका सन् २००० का सुरुवाती वर्षहरुमा ल्याटिन अमेरिकाकै सबैभन्दा धनी देशमा अहिले मानिसहरु खान नपाएर भोकभोकै छन् । फाेहाेरका ड‌ंगुरमा खानेकुरा खाेजिरहेका छन् । औषधिको अभाव छ, महंगी, भ्रष्टाचार, लुटपाट, चोरी बढिरहेको छ । 

प्राकृतिक स्रोतले विश्वमै धनी मानिएको भेनेजुएलाको अर्थतन्त्र चरम महंगी, बढ्दो राजनीतिक संकटले तहसनहस छ । मानिसहरु अन्य देशमा बसाइ सरिरहेका छन् । ३० लाखभन्दा बढीले देश छोडेर गइसके । 

तर सामाजिक क्रान्तिको सुरुवात गर्ने पूर्व राष्ट्रपति ह्युगो साभेजका सन्तानसँग अकूत सम्पत्ति रहेको छ । यी नेताका सन्तानको नयाँ पुस्ता देशको अवस्थाबारे बेखवर छन् र आलिसान जिन्दगी बिताइरहेका छन् । 

सत्तामाा हुँदा भेनेजुएलामा रहेको गरिबी र असमानता हटाउने साभेजको उद्देश्य थियो । ‘साभेज अर्थतन्त्र’ को स्लाेगन ‘समाजवादी अर्थतन्त्र’ थियो । साभेज अनावश्यक सम्पत्ति राख्नुलाई अपराध मान्थे । तर ह्युगो साभेजका सन्तति बुवाको आदर्शलाई अस्वीकार गर्छन् । भेनेजुएला छाेडेर उनीहरु युराेप गइसकेका छन् । उनीहरुलाई देशको अहिलेको अवस्था बारे कुनै वास्ता छैन् । 

साभेजकी ३८ वर्षीया जेठी छोरी मारिया ग्याब्रिएलासँग ४ अरब डलर सम्पत्ति रहेको छ । उनका युरोपका विभिन्न बैंकमा एकाउन्ट रहेको छ । 



साभेजले दोस्रो श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि मारिया भेनेजुएलाको फस्र्ट लेडी बनिन् । साभेज पनि मारियाको कामबाट सन्तुष्ट थिए । २००२ मा सत्ता ढलाउने प्रयास असफल भएपछि मारियाले क्युबाका फिडेल क्यास्ट्रोसँग सहयोगको अपिल गरेकी थिइन् । 

ह्युगो साभेजले अनावश्यक सम्पत्ति आर्जित गर्नु गलत भएको बताउँथे, तर उनका सन्तान यसलाई स्वीकार्दैनथे । साभेजकी सानी छोरी रोजिनेस भेनेजुएला छोडेर युरोप गइसकेकी छन् । 



२०१६ मा रोजानेसको एक तस्बिर भाइरल भएको थियो, जसमा उनले हातमा डलर लिएको देखिन्थ्यो्, फोटो भाइरल भएको केही घन्टापछि उनी पेरिस गइन् ।रोजानेस फ्रान्सको सोरबोन इलाकामा बस्छिन् । उनी भेनेजुएलाको बारेमा चासो राख्दिनन् ।

साभेजकी बहिनीलाई स्पेनको शहरमा डुलिरहेको देख्न सकिन्छ । साभेजका छोरालाई गएको वर्ष अर्बौं डलरको लाउन्ड्रिङको आरोप लागेको छ । यसमा अमेरिकी सिनेटर मार्को रुबियोको समेत नाम जोडिएको थियो । 

राष्ट्रपति निकोलस मादुरोको पनि अवस्था यस्तै छ । २०१८ मा इस्तानबुलमा एक सेलिब्रेटी सेफ साल्ट बेको पार्टीमा मादुरो रमाइरहेको भिडियो भाइरल भएको थियो । 

केही महिना अगाडि मादुराका सौतेने छोरा योस्वाल गाविदिया फ्लोरेस र वाल्टर गाविदिया फ्लोरेस छुट्टी मनाउँदै गरेको तस्बिर सार्वजनिक भयो । दुई छोराले पेरिसमा १८ दिनका लागि ४५ हजार डलरमा होटल बुक गरेका थिए । उनीहरुको होटलको बिल भेनेजुएलाका २००० नागरिकको मासिक तलब बराबर हुन्छ । 

भेनेजुएलामा नेताका सन्तानहरुको मात्र होइन्, उच्च तहमा रहेका अन्य व्यक्तिका छोराछोरीको पनि आलिसान जिन्दगी छ । मादुरोका सेकेन्ड–इन–कमान्ड डायोसडाडो काबेलोकी छोरी डेनिलाको जीवनशैली पनि हाइफाई छ ।

डेनिलाको ब्वायफ्रेन्ड ल्याटिन पप सिंगर उमर असिदोसँगै युरोप घुमिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा समय समयमा भाइरल भइरहन्छन् । 

भेनेजुएलाको खस्कँदो राजनीतिक, आर्थिक, सामाजिक अवस्थाले त्यहाँको जनजीवन कति पीडादायक छ भनेर अनुमान लगाउनसमेत गाह्रो छ । आधारभूत उपभोग्य वस्तुको खरिद गर्न न्युनतम आम्दानीको १६ गुणा धेरै मूल्य तिर्नुपर्छ ।

भेनेजुएलामा १० मध्ये ६ परिवारले आफ्ना सदस्यको भरण–पोषण राम्रोसँग गर्न सक्दैनन् । कुनै समय समाजवादको प्रयोगलाई प्राथमिकता दिएको भेनेजुएलामा अभाव र असमानताको गहिरो खाडल बनेको छ । 


एजेन्सीकाे सहयाेगमा

  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार ९:३२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया