चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको जित सुनिश्चित

चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले जित्ने निश्चित भएको छ। सो क्षेत्रमा ०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए । 

कूल खसेको ९४ हजार २ सय ३८ मध्ये ९० हजार ७ सय १४ मत गणना हुँदा पाण्डेले निकट प्रतिद्वन्द्वीको भन्दा ९ हजार २ सय ८७ भोट बढी ल्याएका छन्।

पाण्डेले ३३ हजार ७ सय ३७ भोट ल्याउँदा निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीले २४ हजार ४ सय ५० मत ल्याएका छन्। 

गन्न बाँकी मतभन्दा पाण्डेको अग्रता बढी भएसँगै उनी विजयी हुने निश्चित भएको छ।





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार २२:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया