Mon, 24 Jun, 2019


चीनमा सडक दुर्घटनामा परी ११ जनाको मृत्य
फरकधार / माघ २८, २०७५

एजेन्सी– चीनको पूर्वी प्रान्त आनहुईमा दुई भिन्नाभिन्नै सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । 

घटनामा नौ जना अन्य व्यक्ति घाइते भएका छन् । 

आन्हुईको युएक्सी उहान द्रुतमार्गमा आइतबार भएको गाडी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । त्यस्तै लुजिहाङ जिल्लाको हेफेईमा बिहान करिब ८ः११ बजे एक मिनिबस र कार आपसमा जुध्दा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको छ । 

सडकमा हल्का हिउ परेको र बर्षाका कारण गाडीहरू चिप्लिएर दुर्घटना भएको हुनसक्ने बताइएको छ । 




यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्