प्रदेशसभामा पनि कांग्रेस पहिलो

पछिल्लो मतणनाअनुसार प्रदेशसभातर्फ पनि कांग्रेस अघि छ । हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ । 

जारी मतगणनाअनुसार कांग्रेस पाँच, एमाले ६ स्थानमा अगाडि छ । यस्तै, एकीकृत समाजवादीले १३ क्षेत्रमा जित निकालेको छ भने एक स्थानमा अग्रता कायम गरिरहेको छ । १२ क्षेत्रमा स्वतन्त्र र बागीले जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ सिट जितेको छ । 

जसपा र लोसपाले नौ–नौ सिट जित्दा जसपा दुई क्षेत्रमा अगाडि छ । यता, जनमत पार्टीले सात सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले पाँच सिटमा जित हासिल गरेको छ ।
प्रदेशसभामा प्रत्यक्षफर्त कूल तीन सय ३० सिट छ भने समानुपातिक तर्फ दुई सय २० सिट छ ।

०७४ को निर्वाचनमा प्रदेशसभातर्फ एमाले १६७ सिट सहित सबैभन्दा ठूलो दल थियो । त्यसबेला कांग्रेसले ४१ सिट मात्रै ल्याएको थियो । 





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १५:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया