देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको सरकार बनाउने विषयमा छलफल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान भएको भेटका क्रममा दुई नेताबीच जारी निर्वाचन परिणाम र गठबन्धनको आगामी यात्राबारे छलफल भएको छ । उनीहरुबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको बुझिएको छ । 

शनिबार बिहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेको र उनीहरुबीच सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारको दाबी छ । 

प्रधानमन्त्री र प्रचण्डले गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने सहमति पनि गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १६:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया