भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । 

शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए । 

मृतक लिला खडायतका २ छोरी एक छोरा छन् । श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् । 





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १८:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया